लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चाडपर्वले बजारमा बढ्यो नगद प्रवाह, असोज मसान्तसम्म ६ खर्ब ५८ अर्ब परिचालन !

tillotmacitynews - 2023 Nov 01 01:47 PM
IMG

बुटवल, १५ कात्तिक २०८०। मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ । यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो ।  २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो । खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो । 


चाडपर्व सकिएसँगै क्रमशः यी पैसा बैंकिङ च्यानमा फर्किने विश्वास गरिएको छ ।  उसो त अघिल्लो वर्षको यसै समयमा पनि नगद प्रवाह बढ्न पुगेको थियो । 

कमेन्ट गर्नुहोस्