लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको बोलिभियाको घोषणा

tillotmacitynews - 2023 Nov 01 01:28 PM
IMG

बुटवल, १५ कात्तिक २०८०। ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ । बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्रामक र असंगत इजरायली सैन्य आक्रमणको निन्दा गर्दै बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ ।’ इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो । उसले यसअघि गाजा क्षेत्रमा मानवीय सहायता पठाउने भन्दै संघर्षविराम गर्न अपिल गरेको थियो ।


यसअघि पनि बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । सम्बन्ध तोडेको करिब एक दशकपछि सन् २०१९ मा पुनः यी दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको थियो । अहिले फेरि इजरायलले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध गरेको भन्दै बोलिभियाले कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उसले इजरायललाई सैन्य कारबाही बन्द गर्न आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्