
तिलोत्तमा १० कार्तिक २०८०। स्पेनिस ला लिगाअन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि रियल म्याड्रिडले पुनरागमन २-१ गोलको जित निकालेको छ।शनिबार बार्सिलोनामा भएको खेलको छैटौं मिनेटमा गुन्डोगनको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो।रियलका लागि बेलिङघमले ६८ मिनेटमा बराबरी गोल फर्काए।
बेलिङघमले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अर्को गोल गर्दा रियलले रोमाञ्चक जित निकाल्यो। उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए।२० वर्षीय इंग्लिस मिडमिल्डर बेलिङघमले सिजनमा क्लब तथा देशका लागि १६ खेलमा १३ गोल गरिसकेका छन्।जितसँगै अंक तालिकाको शीर्ष टिम रियलले ११ खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानको बार्सिलोनाको २४ अंक छ।
कमेन्ट गर्नुहोस्