
तिलोत्तमा, कार्तिक ४ गते २०८०। युवामैत्री स्थानीय शासन अभियानका युवाहरु तिलोत्तमा नगरपालिकामा युवा लक्षित विभिन्न सृजनशिल कार्यक्रमहरु आयोजना गर्दै आएका छन । त्यसै अन्तर्गत युवाहरुले पुर्व मुख्य मन्त्रीसग भेटघाट तथा सम-सामायिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरेका छन ।उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिती सयोजक रवि सेन्चुरीले युवाहरुलाई विभिन्न सृजनशिल कार्यक्रममा जोड्दै नेतृत्व विकास, क्षमता विकास र समाजप्रती उत्तरदायी बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको थियो भने पुर्व मुख्यमन्त्रीले आफ्नो अनुभव , सघर्ष र राजनैतिक यात्राबारे अनुभव सुनाउदै युवाहरुको विभिन्न प्रश्न तथा जिज्ञासाको उत्तरहरु पनि दिनुभएको थियो ।
आफू निरन्तर समाजिक कार्य गर्दै समाजसगै जोडिएका कारण यस स्थानसम्म पुगेको बताउदै युवाहरुलाई समाजिक क्षेत्रमा जोडिएर अघि बढ्न सुझाब दिदै, युवाले कृषि, पर्यटनको माध्यमसंग जोडिदै अघि बढ्नुपर्ने र स्थानीय स्रोतसाधनको प्रयोग गरेर तहगत रुप विकास गर्नुपर्ने बताउनुभएको थियो । स्थानीय क्षेत्रमा विभिन्न काम जसलाई हामिले अगाल्न ( काम गर्न) असहज माने पनि त्यही काम नगर्दाका कारण अर्बौ रकम बाहिरी रहेको कुरालाई इंगित गर्दै युवाहरुले स्वादेशमै केही गर्नुपर्नेमा जोड दिदै युवाहरुलाई श्रममा जोड्न आवश्यक रहेको बताउनुभएको थियो। स्थायी सरकारले मात्र देशमा निकास दिने बताउदै नेपालमा स्थायी सरकारको आवश्यक रहेको र शासन व्यवस्था परिवर्तन भएपनी अझै सामाजिक संरचना परिवर्तन भैनसकेकोले विकासमा सोचे अनुरुप सफलता हुन नसकेको बताउनुभएको थियो ।
कार्यक्रममा नमस्ते नेपाल, रिभर साइड युवा क्लब, नव टिकुलीगढ युवा क्लब, विभिन्न क्षेत्रका युवासगै १७ वटा वडाका युवा प्रतिनिधि सहित तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य नर बहादुर छन्त्याल , वडा सदस्यहरु मिलन राना, लवसन गुरुङ्गको उपस्थित रहेको थियो । आगामी दिनमा अझ युवा केन्द्रित विभिन्न सृजनशिल काम मार्फत युवाहरुलाई जोड्दै समृद्ध तिलोत्तमाका निम्ति युवा सहभागीमा जोड दिदै अघि बढ्ने युवा मैत्री स्थानीय शासन अभियन्ता जीवन पाण्डेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्