लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२ महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

tillotmacitynews - 2023 Oct 17 03:31 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज  ३०। चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुनः श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो ।

कमेन्ट गर्नुहोस्