लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डान्स स्टार सिजन २ को बिजेता बनिन मिनाक्षी

IMG
तिलोत्तमा सिटी,असोज २१  गते ।डान्सिङ रियालिटी शो डान्स स्टार सिजन २ को उपाधि मिनाक्षी क्षेत्रीले जितेकी छिन। उपाधि सँगै मिनाक्षीले नगद पुरस्कार सहित बिशेष गिफ्ट ह्याम्पर र मेडल तथा प्रमाणपत्र हात पारेकी छन्। ‘डान्स स्टार सिजन २ मा प्राप्ती घिमिरे फस्ट रनरअप भईन भने दिलिसा घिमिरे सेकेन्ड रनरअप बनिन। डान्स स्टार सिजन २ का सबै विजेतालाई लुम्बिनी प्रदेशकी सभासद जमुना ढकालले पुरस्कार र ट्रफी प्रदान गरेकी थिइन्।

यस क्षेत्रका ९०  जना भन्दा बढी प्रतियोगीले भाग लिएको प्रतियोगितामा फ़ाइनालिस्ट १५ जना भएका थिए। प्रतियोगिताको कोरियोग्राफर रजनी प्रधान  रहेकी सो प्रतियोगितामा प्रतियोगीका आआफ्नै कोरियोग्राफर्ले प्रशिक्षण दिएका नृत्यहरु देखाइएको थियो।न्यु सत्यसाइ कला केन्द्रको आयॉजना भएको सो प्रतियोगितामा निर्णायकको रुपमा लोकेन्द्र शाह, दिपक श्रेष्ठ र विश्व गुरुङ रहनुभएको आयोजक संस्था कला केन्द्रकी संचालक दिपा गाहाले बताईन। प्रतियोगितामा बिजेता बनेकी मिनाक्षीले ५० हजार १ रुपैया नगद , फस्ट रनरअपले २५ हजार १ रुपैया र सेकेण्ड रनरअपले १५ हजार १ रुपैया प्राप्त गरेका थिए।  


कमेन्ट गर्नुहोस्