तिलोत्तमा,असोज २० गते। रामवन सहकारी हामी सबैको वित्तीय छहारी भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना भएको रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित सरस्वति पंचायतन गिर्वाण मन्दिर मणिग्राममा साधारण सभा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष बाबुराम भण्डारीले संस्था बलियो भए शेयर सदस्यको रकम सुरक्षित हुने बताउँदै सबैले सदस्य सङ्ख्या बढाउँदै जानु पर्ने बताए । त्यस्तै, उपाध्यक्ष खेमराज पाण्डेले मिटर व्याजीबाट छुटकरा पाउन र सेवा सुविधा दिर्घकालिन रुपममा लिइरहने हो भने चल्लो कोरल्ने अण्डाको जोहो गर्ने संस्था रामवन सहकारी रहेको बताए ।
कार्यक्रममा अध्यक्ष भगवती बस्यालले अध्यक्षको बार्षिक प्रतिवेदन सचिव डिल्लीराम गैरेले सचिवको प्रतिवदेन र कोषाध्यक्ष मधुसुदन खनालले आर्थिक आयव्यय सहितको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एसइइमा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी, जेष्ठ नागरिक र असल ऋणीलाई सम्मान गरिएको थियो । संस्थाले यो बर्ष १७ करोड १५ लाख बराबरको आयव्ययको प्रतिबेदन सार्बजनिक गरेको छ।
कमेन्ट गर्नुहोस्