लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हाम्रो जागृति सगरमाथा सकोसको चौथो वार्षिक साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा,असोज २० गते। हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले सञ्चालक समितिको तर्फबाट आव २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८०/८१ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक वर्ष ७९/८० मा सेयर पुँजीतर्फ ३ करोड ३५ लाख ६५ हजार ५ सय रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ।संस्थाले बचततर्फ करिव ६६ लाख संकलन गरेको बताउँदैे वार्षिक कारोबार २५ करोड ७४ लाख पु¥याउन सफल भएको जनाएको छ।


त्यसै गरी संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा करिव १ करोड ५० लाख रूपैयाँ रहेको जनाएको छ।संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका व्यवस्थापक कृष्ण प्रसाद भुसालले जानकारी दिए।साधारण सभाको स्वागत उपाध्यक्ष होम प्रसाद शर्मा ले गर्नुभएको थियो भने सचिव तोलाकान्त डुम्रेले कार्यक्रमको संचालन गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्