लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सदुपयोग साकोसको १२ औं वार्षिक साधारण सभा सम्पन्न

IMG
तिलोत्तमा,असोज २० गते। रुपन्देहीको तिलोत्तमा-२ मा रहेको सदुपयोग बचत तथा ऋण सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा योगिकुटी स्थित मणिमुकुन्द बिद्यालयको भवनमा सम्पन्न भएको हो । ७ सय ८ शेयर सदस्य रहेको संस्थाको साधारण सभाले ८२ लाख ४७ हजार शेयर पुंजी जम्मा गरेको छ भने, खुद नाफा ९ लाख ३९ हजार ६ सय ४७ रहेको छ। 

संस्थाका अध्यक्ष कमल अर्यालको अध्यक्षता तथा पुर्व प्राध्यापक प्राथमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष अर्यालले ४ करोड ३३ लाख बराबरको आयव्यय सहितको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोशाध्यक्ष ढक बहादुर टन्डनले करीव साढे ५६ लाख बराबरको आय बिबरण पेश गर्नुभएको थियो। साधारणसभामा लेखा समितिका संयोजक मिना रेशमीले संस्थाको निक्षेप , कर्जा , मुनाफा र ब्याजदर सहितको लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।शनिबार सम्पन्न सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण समेत गरेको जनाइएको छ ।

संथाले शेयर सदस्यका एसईई मा ३.९२ ग्रेड ल्याउने छात्र छात्रा मध्ये कालिका माविका सम्झना बस्नेतलाई सम्मान गरेको छ। त्यस्तै संथाका असल ऋणीमा अमृता टन्डन, शेयर वृद्धिमा सरस्वति बस्नेत लगायतलाई दोसल्ला नगद सहित सम्मानपत्रले सम्मान  गरेको छ। कार्यक्रममा संस्थाका सल्लाहकार तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेल, संस्थापक अध्यक्ष ईश्वर प्रसाद शर्मा, साधारण सदस्यको तर्फबाट शान्ता थापा, सल्लाहकार खिमानन्द भट्टराई लगयाताले बोल्दै संस्थाको छोटो समयमै प्राप्त गरेको सफलताको उच्च कदर गर्दै आगामी भविष्यमा बित्तिय सामाजिक क्षेत्रमा पूर्ण सफलता र प्रगतिको शुभकामना दिनुभएको थियो।संथाका उपाध्यक्ष नारायणी शर्मा अधिकारीको स्वागत मन्तव्य बाट शुरु भएको सो कार्यक्रमको संचालन सचिव प्रकाश चापागाईंले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्