लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दीप ज्योति बचत तथा ऋण सहकारीको १७औं साधारण सभा सम्पन्न

IMG
तिलोत्तमा,असोज २० गते। दीप ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार तिलोत्तमाको बनबाटिकामा भएको सभाले आर्थिक वर्ष ०७९/८० असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरिले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै नगरपालिकाले लागू गरेको सहकारी नियमानुसार भन्दा बढि व्याज नलिन आग्रह गरे । उनले दीप ज्योति बचत तथा ऋण सहकारीले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष हुमनाथ पाण्डेले आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न र समयमै बचत तथा ऋण ब्याज बुझाउन सबैमा आग्रह गरे । कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण प्रसाद पाण्डेयले आर्थिक प्रतिबेदन, लेखा समिति संयोजक कृष्ण प्रसाद भण्डारीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आफ्ना शेयर सदस्यका छाराछोरीहरुलाई ०७९ सालको एसइइ तथा प्लस टुमा सर्वोकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । संस्थामा असल कारोबारी, शेयर वृद्धि गर्ने सदस्य तथा शेयरधनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका बरिष्ठ सल्लाहकार दधिराम गौतम, सल्लाहकार रमेश बस्याल, शेयर सदस्यको तर्फबाट ज्योतिमाया थापा र मधुसुदन ज्ञवाली लगायतले बोल्दै संस्थाको भब्य सफलताको कामना गरेका थिए।१६ करोड ८१ लाख १० हजार १ सय १४ रुपैया बराबरको आयव्यय सार्बजनिक गरिएको संस्थाको शेयर पुंजी १ करोड ४७ लाख १९ हजार रहेको छ भने ,जम्मा लगानी १६ करोड ५२ लाख ८६ हजार १ सय ३७ रहेको छ। १ हजार ४३ शेयर सदस्य रहेको संस्थाको कुल मुनाफा २९ लाख ५६ हजार २ सय ४६ रहेको छ । संस्थाका उपाधय्क्ष सन्दिप भट्टराईको स्वागतमा शुरु सो साधारण सभाको संचालन सचिव ललिता क्षेत्रीले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्