लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा विद्यार्थीसंग किताव कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,असोज १९ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ स्थित दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थीसंग किताव कार्यक्रम सम्पन्न भएको छ। हरेक वडाका सबै विद्यालयमा संचालन गरिने सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई किताव खोज्न र पढ्नका लागि प्रेरित गरिने तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो।


शैक्षिक तथा व्यवहारिक शिक्षाका लागि आफु लागिपरेको बताउने कार्यपालिका सदस्य सेन्चुरीले एक बिद्यालय एक सृजनशील कार्यक्रम अन्तर्गत सृजनशील शुक्रबार, बिद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत, बिद्यार्थी संग जनप्रतिनिधी,व्यवसायी उद्योगी संग युवा बिद्यार्थी, लोक सेवा आयोग अभिमुखीकरणसंगै विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ। तिलोत्तमा -१४  स्थित दुर्गा माध्यमिक विद्यालयमा विद्यार्थीसंग किताव कार्यक्रममा देश विदेशका नयाँ नयाँ जानकारी लिन तथा शैक्षिक एबम व्यवहारिक सिकाईको लागि किताव पढ्ने तथा खोजि गर्ने बिधि, कस्ता पुस्तक पढ्ने भन्ने बारेमा साहित्यकार तथा लेखक एबम शैक्षिक अभियन्ता रामचन्द्र श्रेष्ठले बताउनुभएको थियो। किन पुस्तक पढ्ने भन्ने बिषयमा बिद्यार्थीहरुलाई बिशेस कक्षा दिनुभएको श्रेष्ठको उपस्थितिमा बिद्यालयका केही विधार्थिहरुलाई उपयोगी पुस्तकहरु अध्ययनको लागि वितरण गरिएको थियो ।


पछिल्लो समयमा ज्ञानगुनका किताव तथा प्रेरणादायी कितावमा पाठकहरुको लगाव देखेर नै किताव खोज्ने पढ्ने बाताबरण सृजना गर्न सो कार्यको थालनी गरिएको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो।





कमेन्ट गर्नुहोस्