लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजा शब्दलाई संविधानले चिन्दैन, रेकर्डबाट हटाइयोस् : दाहाल

tillotmacitynews - 2023 Oct 06 02:59 PM
IMG

तिलोत्तमा सिटी,२०८० असोज १९ गते । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग राखेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेका थिए । लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीय ज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो सम्मानित सदनमा’ उनले अघि भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’

कमेन्ट गर्नुहोस्