लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएका आचार्य श्रीनिवास पाँच सय तिरेर छुटे

tillotmacitynews - 2023 Oct 05 09:00 PM
IMG

तिलोत्तमा सिटी,असोज १८  गते । धार्मिक उत्तेजना फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् । उनलाई ५ सय जरिवाना तिराएर रिहा गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । त्यसको केही घण्टापछि आचार्य पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका हुन् । धनुषाका एसपी विश्वराज खड्काले आचार्य बिहीबार साँझ रिहा भएको जानकारी दिए । उनका अनुसार धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले उनलाई जरिवाना गरेर रिहा गर्ने आदेश दिएका थिए ।  असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएपछि मंगलबार सुनसरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्