लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थाहै नदिई मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट, ग्याँसमा सहुलियत घोषणा हुँदै

tillotmacitynews - 2023 Oct 01 06:22 PM
IMG

तिलोत्तमा सिटी, असोज १४ गते । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको बालुवाटार स्रोतले अनलाइनखबरलाई जानकारी दियो । जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्दै त्यहीअनुसार मूल्यवृद्धि गरिएको जवाफ दिएका थिए । प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको जवाफ दिएका थिए । प्रधानमन्त्रीले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने पनि प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्