
तिलोत्तमा सिटी, असोज १४ गते । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ८ सय, तेजावी सुनको मूल्य ८ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।
कमेन्ट गर्नुहोस्