लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बैंक खातामा पैसा नभई आईपीओ भरे अब तुरुन्त रिजेक्ट हुने

tillotmacitynews - 2023 Sep 29 04:38 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । नेपाल धितोपत्र बोर्डले आईपीओ/एफपीओ सम्बन्धी एपीआई कार्यविधि कार्यान्वयनमा ल्याएको छ । हालैमात्र बोर्डमार्फत पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गर्ने भएको छ । बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्काल रिजेक्ट (आवेदन रद्द) हुनेछ । रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । एपीआई प्रणालीको कार्यान्वयनसँगै सीडीएसको डाटाको काम गर्ने जोकोही अनुमति प्राप्त कम्पनीले रियल टाइम डाटा सेटल गर्न सक्ने कम्पनीको भनाइ छ । 


हाल यस्तो व्यवस्था नहुँदा आईपीओमा ठुलो सङ्ख्यामा आवेदन पर्ने तर पछि खातामा पर्याप्त रकम नहुँदा आवेदन रद्द गर्नुपर्ने बाध्यता पर्ने गरेको छ । जसले बिक्रेता र व्यवस्थापक दुबैलाई हैरानी हुने गरेको छ । एपीआई सिस्टम कार्यान्वयनमा आएपछि वालेटहरूले इन्ट्रिग्रेसन गरेर पेमेन्ट गर्न सक्छन् भने सोझै सीडीएसको सिस्टममा इन्ट्रिग्रेसन गर्न सकिने छ । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरूलाई के के डाटा चाहिन्छ त्यो एपीआईमार्फत नै दिन सकिन्छ । अब बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्ने सीडीएसले जनाएको छ । 

कमेन्ट गर्नुहोस्