लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्धारित समयको ३० मिनेटमा बैठक शुरु हुन नसके सभापतिले स्थगित गर्नसक्ने

tillotmacitynews - 2023 Sep 29 04:24 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत गरेको छ । कार्यविधिमा निर्धारित समयको ३० मिनेटमा बैठक शुरु हुन नसके सभापतिले स्थगित गर्नसक्ने उल्लेख छ । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि,२०८० सर्वसहतले पारित भएको बताए । उनले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताए । उनले बैठकको कार्यसूचिबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताए । उनले बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताए । उनले समितिका ५ भन्दा बढी बैठकमा नपाउने सदस्यहरुलाई स्पष्टिकरण सोधिने बताए । 


समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन् । त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन् ।

कमेन्ट गर्नुहोस्