लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

tillotmacitynews - 2023 Sep 26 11:04 AM
IMG

तिलोत्तमा सिटी, २०८० असोज ९ गते । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् । मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति ल्याउने प्रतिवद्धता जनाएको ईःले जानकारी दिएका छन् । काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्