लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

tillotmacitynews - 2023 Sep 25 05:16 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ ।दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । प्रशान्तले १६औं मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।


तर ५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।८८औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ ले अग्रता दिलाए ।यस्तै खेलको ९६औ मिनेटमा समीर तामाङले दोस्रो गोल गर्दै नेपाललाई ४-१ गोलले जिताए ।खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो ।  छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो ।त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।दुवै टिमका खेलाडी १० खेलाडीमा सीमित


नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे ।


अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए ।त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।रातो कार्ड पाएपछि सुजन रुँदै मैदानबाट बाहिरिएका थिए ।आजको दोस्रो खेल भारत र भुटानविरुद्व ५:३० मा हुनेछ ।

कमेन्ट गर्नुहोस्