
तिलोत्तमा सिटी, असोज ८ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारसँगको वार्तामा राहत शिक्षकका प्रतिनिधि पनि सहभागी भएर सहमति गरेको प्रष्टीकरण दिएका छन् ।सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे ।
राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उल्लेख गर्दै खड्काले पार्टी केन्द्रीय समितिको बैठकमा भने, ‘तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यही अनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’
कमेन्ट गर्नुहोस्