लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जारी छ आन्दोलन : राहत र पेन्सन वञ्चित शिक्षक अझै सडकमा

tillotmacitynews - 2023 Sep 24 02:53 PM
IMG

तिलोत्तमा सिटी, असोज ७ गते । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आइतबार आन्दोलनलाई जारी राख्दै राजधानीमा प्रदर्शन गरेका छन् । शनिबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । यसअघि नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । 


कमेन्ट गर्नुहोस्