लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

IMG

तिलोत्तमा, २०८० असोज ७ गते ।पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।अघिल्लोे आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमति लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।


मनास्लु हिमाल आरोहण अनुमतिबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । सबैभन्दा पहिले सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।

तस्बिर : सेभेन समिट ट्रेक्स

कमेन्ट गर्नुहोस्