लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता

IMG

तिलोत्तमा सिटी, २०८० असोज ५ गते ।सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको बताइन्। सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उनले सुनाइन्।सरकार र शिक्षकहरुबीच सहमति भएसँगै  आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ ।शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे  सहमति गरेकाे हाे ।विभिन्न माग राख्दै देशभरका शिक्षकहरु  बुधबारदेखि काठमाडाैंकेन्द्रीत आन्दाेलनमा सहभागी भएका थिए ।


 शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच छबुँदे सहमति भएकाे छ ।सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ। सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएकाे जानकारी दिइन् । सरकारका तर्फबाट वार्ता टाेलीकाे नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले गरेकी थिइन् ।शिक्षा विधेयकमाथि विभिन्न १८ बुँदे असहमति राख्दै देशभरका शिक्षकहरू शिक्षक महासंघकाे नेतृत्त्वमा आन्दाेलित भएका थिए । उनीहरूले तीन दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा प्रदर्शन गर्दा ट्राफिक व्यवस्था नै अस्तव्यस्त बनेकाे थियाे । 

कमेन्ट गर्नुहोस्