लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

tillotmacitynews - 2023 Sep 21 02:50 PM
IMG

तिलोत्तमा सिटी, २०८० असोज ४ गते । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ । जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।

कमेन्ट गर्नुहोस्