लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

tillotmacitynews - 2023 Sep 15 04:52 PM
IMG

तिलोत्तमा सिटी, २०८० भाद्र २९ गते । एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ । २९ भदौ शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजारको २९ प्रतिशतले हुने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बोसन सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५३ प्रतिशतले हुने १३ करोड ६५ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।


बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ । राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश बाँड्न नपाएको बैंकले ३ वर्षपछि लाभांश बाँड्ने भएको हो ।

कमेन्ट गर्नुहोस्