लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आरसीई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालद्धारा बुटवलमा र्यालीको आयोजना

tillotmacitynews - 2023 Sep 10 08:19 PM
IMG

प्रकाश पाण्डे । भाद्र २४ गते । आशा जगाऔ, जीवन बचाऔ’ नारासहित विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर बुटवलमा बृहत् जनचेतनामुलक रयाली निकालिएको छ । आरसीई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको आयोजनामा राजमार्ग चौराहाबाट प्लेकार्ड सहित निस्किएको रयालि पुषपलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संबोधन गर्दै क्लबका ईलेक्टेड प्रेसिडेन्ट तथा मनोरोग विशेषज्ञ रोटरियन डा बिक्रम काफ्लेले, मनोरोग तथा तनाव ब्यवस्थापन गर्न सके आत्मदाहका घटनामा कमी ल्याउन सकिने बताउनुभयो । आत्मदाहको सोच पाल्ने ब्यक्तिले विभिन्न नकरात्मक सोच राख्ने, ईच्छाशक्तिमा कमी, आफ्नो सम्पत्ति नामसारि दिने, सुतिरहन मन गर्नेे लगायतका क्रियाकलाप देखाउने बताउनुभयो । मानसिक तनावबाट गुज्रिरहेकाहरुलाई त्यस्ता ब्यक्तिहरुका कुरा सुनिदिने, ढाडस र सान्तवना दिने लगायतका कार्यहरु गर्दा मनोरोगीहरुको मानसिक स्थितिमा सुधार आउने काफ्लेको दाबी छ ।



कार्यक्रममा बोल्दै मनोरोग विशेषज्ञ डा मनोज ढुगानाले आत्महत्याको दर नेपालमा मात्र नभई विश्वभर नै बढदो अवस्थामा रहेको औल्याउनुभयो । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने गरेको बताउदै ढुगानाले ९० प्रतिशतले मानसिक समस्याकै कारण आत्मदाहको प्रयास गर्ने गरेको र बाकी ५ प्रतिशतमा लागुऔषध सेवन मुख्य कारक तत्वको रुपमा रहेको बताउनुभयो । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दान बहादुर थापाले आत्महत्या न्युनिकरण गर्ने दायित्व समाजको सबै वर्गको भएको बताउदै प्रहरीले प्रमोशन, निरोधात्मक गतिविधि र दण्डानात्मक विधि गरि ३ पि मार्फत काम गर्दै लागुऔषध दुब्यर्सनी, आत्महत्या रोकथाममा काम गरिरहेको जानकारी दिनुभयो । समुदायका हरेकले मानिसको जिवनमा आशा जगाउने गरि सानो रुपमा भए पनि काम गर्दै जानुपर्ने उहाँको थियो । सो अवसरमा मेडिकोफ्युजनका बर्ष २०२३÷२४ का अध्यक्ष रोटरियन अप्सरा नेपाल, रोटरी क्लब अफ स्टार्सका सचिव रोटरियन बिमल ढकाल लगायतले बोल्दै सामाजिक कार्यमा सबै रोटरीयनहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।  कोणसभामा दुई दर्जन क्लब र तिनका प्रतिनिधीहरुको सहभागीता रहेको टीआरएफ रोटरियन डा.शेखर प्रसाद पोखरेलले जानकारी दिनुभएको छ । 


कमेन्ट गर्नुहोस्