
तिलोत्तमा, २०८० भाद्र २१ गते। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरुद्धमा शनिबार बुटवलमा चक्काजाम हुने भएको छ । घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशब्यापी आन्दोलन सुरू गरेको छ। यसै बीच शनिबार विरोध प्रदर्शनसहित एक घण्टा चक्काजाम गरिने नेपाल तरूण दल रूपन्देहीका जिल्ला सदस्य प्रशान्त कोईरालाले जानाकारी दिए ।
शनिबार बुटवलको राजमार्ग चौराहमा विरोध प्रदर्शनसहित दिउँसो ४ देखि ५ बजेसम्म एक घण्टा चक्का जामको कार्यक्रम रहेको बताइएको छ । बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो ।यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्