लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

IMG

तिलोत्तमा, भाद्र २२ गते २०८०। सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।पछिल्लो पटक बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उनी हिजो बेलुका पक्राउ परेका हुन् ।उनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झण्डै ६० किलो सुन प्रकरणमा अहिलेसम्म २७ जना पक्राउ परेका छन् । साउन ३ गते सिनामङ्गलबाट सुन बरामद भएको थियो । 

कमेन्ट गर्नुहोस्