
तिलोत्तमा, २०८० भाद्र १५ गते ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) तिलोत्तमा नगर कमिटीको आयोजनामा तिज मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सहिद बासु स्मृति हल बनबाटीका हलमा सप्पन्न भएको कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) तिलोत्तमा नगर कमिटीका महिला पदाधिकारी एबम स्थानिय तथा जिल्ला सतारका नेकपा माओबादीका नेताहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सो अन्तरक्रियाका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )केन्द्रिय सदस्य तथा अनेमसघ (क्रान्तिकारी ) लुम्बिनी प्रदेश उपाध्यक्ष सिर्जना तरामु मगरले महिलाले आफ्नो अघिकारको निम्ति आफै अधि बढदै समाज र रास्ट्र निर्माणमा योगदान दिनुपर्ने कुरा राख्नु भएको थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अथिती नेकपा( माओवादी केन्द्र)केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सग इन्चार्ज सोनिया यादव,प्रदेश सचिबालय सदस्य सुजित बिक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा पुर्ब लुम्बिनी प्रदेश सभा सदस्य दिपा बिक , प्रदेश सदस्य हुमनाथ न्यौपाने (सुदिप), अनेमसघ क्रान्तिकारी जिल्ला सचिब धन कुमारी थारु, पार्टीका नगर अध्यक्ष बेल प्रसाद शर्मा, उपाध्यक्ष दिल माया गुरुङ , सह सचिब अनिल पुरुष (सस्कार) आदिले महिला ससक्तिकरण्का लागि शुभकामना दिनुभएको थियो।
कार्यक्रममा पुर्ब अध्यक्ष र निबर्तमन अध्यक्षद्वय बिमला पन्त र कमला पाण्डेलाई उहाँहरुको रचनात्मक र सिर्जनात्मक कार्यकाल सम्पन्न गरेकोमा नगर कमिटीले सम्मान पत्र र खादा लगाएर सम्मान गरेको कार्यक्रम संयोजक अप्सना तिवारीले जानकारी गराउनु भयो । कार्यक्रमको अध्यक्षता अनेमसघ क्रान्तिकारी तिलोत्तमा अध्यक्ष पबित्रा पौडेलले गर्नुभएको थियो । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले शनिबारदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर पार्टी रूपान्तरण अभियान सुरु गर्ने भएको छ । अभियानमार्फत् ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।
कमेन्ट गर्नुहोस्