
तिलोत्तमा सिटी । भदौ १२ गते । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको नयाँदिल्लीका लागि नियमित उडान गर्दैछ । निगमले काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भैरहवाबाट हङकङ र दिल्लीका लागि नियमित उडान गर्न लागेको हो । नेवानिका प्रवक्ता रमेश पौडेलले भैरहवाबाट अहिले हप्ताको एकदिन अर्थात हरेक मंगलबार उडान सुरु गरी बजारको माग तथा बजार व्यवस्थापन अनुसार उडान संख्या क्रमश बढाउँदै लैजाने योजना रहेको बताउनुभयो ।
निगमको समय तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिन सक्ने छन् ।
कमेन्ट गर्नुहोस्