
तिलोत्तमा सिटी । भदौ १२ गते । समाजवादी मोर्चाले आज बुटवलमा संदेश सभाको आयोजना गर्दैछ । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूको सहभागिता र संबोधन गर्ने कार्यक्रम छ । आज दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने संदेश सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादव लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको जसपा नेता एवं राजनैतिक समिति सदस्य मनिकर कार्कीले जानकारी दिनुभयो ।
कार्कीले नेपालको संविधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थ राजनीतिक रुपान्तरंणको उद्देश्यलाई मुर्तरुप दिन संदेशसभाको आयोजना गरिएको बताउनुभयो । हालसम्म देशले पा्रप्त गरेका संघिय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरुको रक्षार्थ एवं समाजबादी राज्य ब्यवस्थाललाई टिकाईराख्न बृहत मोर्चा गठन गरिएको नेता कार्कीको भनाई छ । आजको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता रहने छैन । यादब भारतमा भएकाले जसपाका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर आजको कार्यक्रमलाई सम्बोधन गर्न बुटवल आउनुहुने भएको छ । नेताहरूका अनुसार माधव नेपाल र राज किशोर यादव बिहान १० बजे आउने छन् भने प्रचण्ड १ बजे मात्रै आउने कार्यक्रम छ । विप्लव भने पहिले नै आउने कार्यक्रम छ ।
सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको मोर्चाले ८ गते मधेस प्रदेशको वीरगन्जमा घोषणा सभा गरिसकेको छ । आज भदौ १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम मोर्चाको बैठकबाट निर्णय भइसकेको छ । सरकारमा सहभागी तीन दल र संसदमै नभएको विप्लव नेतृत्वको पार्टीबीच समाजवादी मोर्चा बनेको हो ।
कमेन्ट गर्नुहोस्