लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इमरान खानलाई उच्च अदालतले छोड्यो, तर विषेश अदालतबाट फेरि थुनामा रिफर

tillotmacitynews - 2023 Aug 29 05:00 PM
IMG

भदौ १२, २०८० तिलोत्तमा।तोशाखाना मामिलामा अटक जेलमा थुनामा रहेका पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले रोक लगाएको छ ।इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखाना मामिलामा इमरानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।त्यो फैसला विरूद्ध परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुकले कारबारी रोक्न र पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।


इमरानका वकिल सलमान सफदरले यो आदेश आउनुअघि नै इमरनलाई  अन्य मामिलामा पक्राउ नगर्नका लागि अनुरोध गर्दै इस्लामावाद उच्च अदालतमा निवेदन दिएका छन् । तर पनि २२ दिनदेखि अटक जेलमा रहेका खान रिहा हुन्छन् कि हुँदैनन् भन्ने अन्योल छ ।किनकी इस्लामावादकै विषेश अदालतले उनलाई सिफर मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्