
राजन पन्थी । भदौ १० गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम चोकमा केन्द्रिय कार्यालय रहेको सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार तिलोत्तमा १७ भरौलियामा एक कार्यक्रमको आयोजना गरि शेयर धनी सदस्यहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । भरौलिया सेवा केन्द्रका संयोजक चुरामदी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा १७ का कार्यवाहक वडाध्यक्ष शोभा रानाले कतिपय सहकारीको अस्तित्व संकटमा रहेका बेला सबैको सहकारीले पारदर्शितामा आधारित सेवा दीई सदस्यहरुको मन जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।
सो अवसरमा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष भरतराज भूसालले संस्थाको बर्तमान निति र भावी योजनाहरु सहकारीको बृहत्तर बिकाश र उठानका लागि भएको भन्दै संस्थाले गरेका विभिन्न काम कारवाहीका बिषयमा जानकारी गराउनु भएको थियो ।त्यस्तै प्रबन्धक हरिहर शर्माले संस्थाको वित्तिय अबस्थाबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो। सेवा केन्द्र उपसमिति सदस्य बिकास भट्काटराईको स्वागत र संस्थाका सचिब देवानन्द पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार राजेन्द्र प्रसाद सुबेदी र लेखा सदस्य रिषिराम भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्