लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्लाको विकासका लागि छलफलमा जुटे रूपन्देहीका सांसद, तत्काल प्रधानमन्त्रीसँग भेट्ने

IMG

तिलोत्तमा, भदौ ७ । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जिल्लाको समग्र विकास र समृद्धिको विषयमा छलफल गरेका छन् । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपक बोहोरा र एमाले सांसद बाशुदेव घिमिरेबीच जिल्लाको विकासबारे छलफल भएको हो । उनीहरूले रूपन्देहीको समग्र विकास तथा समृद्धिको विषयलाई लिएर तत्काल प्रधानमन्त्रीसँग भेट गर्ने निष्कर्ष निकालेका छन् ।


यस्तै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी विकास कोषसँग सम्बन्धित विषयमा स्थलगत संयुक्त बैठक बसेर अघि बढ्ने समझदारी भएको छ ।बैठकलाई निरन्तरता दिइने प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले जानकारी दिए । पौडेल रुपन्देही २, बोहोरा रुपन्देही ३ र घिमिरे रुपन्देही ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।  

कमेन्ट गर्नुहोस्