लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेसीको लगातार गोल, इन्टर मियामी सेमिफाइनलमा

IMG

तिलोत्तमा, साउन २७ गते २०८०। लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४-० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई हसज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे।


एक गोल भने आत्मघाती भएको थियो ।यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् । मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् ।जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे ।चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३-० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।

कमेन्ट गर्नुहोस्