
तिलोत्तमा सिटी । साउन २३ गते । आखाँ पाक्ने रोग बढ्दै गएपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले तिन दिनको लागी विद्यालय बन्द गरेको छ । विद्यालय पढ्न जाने बालबालिकामा आखाँमा संक्रमण बढि भएको पाईएपछि नगरपालिकाले भोली देखि तिन दिनको लागी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेले वर्षे विदामा मिलान गर्ने गरी जोखिमलाई मध्यनजर गरेर तिन दिन विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।यस अघि आईतबार प्रतापपुर गाँउपालिकाले पनि तिन दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जिल्लाको सातै पालिकामा आखाँ पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ । विद्यालयमा बढि भिडभाड हुने भएकाले बालबालिका संक्रमणको बढि जोखिममा छन् ।
कमेन्ट गर्नुहोस्