
१६ साउन २०८०, तिलोत्तमा। कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ । राष्ट्रियसभा गृहमा मंगलबार आयोजित एक समारोहबीच पार्टी एकीकरण गरिएको हो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंगा साबित हुने बताए ।
यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरेका थिए । दुवै नेताले पार्टी एकता पत्रमा हस्ताक्षर गरेका थिए।
कमेन्ट गर्नुहोस्