
१३ साउन, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा सामूहिक रक्तदान कार्यक्रम गरिएको छ । थोर्गा रुपन्देही सम्पर्क समाजको नियमित पांचौं रक्तदान कार्यक्रममा तिलोत्तमा रक्तदाता समाज र लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखीको सहकार्य रहेको हो ।नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा तिलोत्तमा जानकीनगरमा गरिएको कार्यक्रमको वडा नं २ का वडाअध्यक्ष दिल बहादुर भट्टराईले कार्यक्रमको उदघाटन गर्दै सामाजिक उत्तरदायित्वमा युवाहरुको अगुवाई जरुरी रहने बताए ।
लायन्स ईन्टरनेश्नल ३२५ पि डिष्ट्रिकका सेकेन्ड भिडिजी बालाराम भट्टराई ,थोर्गा रुपन्देही सम्पर्क समाजका अध्यक्ष ओम ज्ञवाली, तिलोत्तमा रक्तदाता समाजका गोबिन्द बन्जाडे, लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखीका अध्यक्ष सोनु थापा लगायतले बाेलेका थिए ।कार्यक्रममा ७२ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक अरुण पन्थीले बताए ।
कमेन्ट गर्नुहोस्