लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालबाट १ रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १० को आयात

IMG

तिलोत्तमा सिटी । साउन ९ गते । नेपालबाट एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँ बराबरको वस्तु आयात हुने गरेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९ / ८० भरको तथ्याङ्क अनुसार आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो । यसअघिको आवको तुलनामा आयातसँग निर्यातको अनुपात झन् फराकिलो बन्दै गएको तथ्यांकले देखाएको छ । २०७८ / ७९ मा एक रुपियाँको वस्तु निर्यात हुँदा नौ रुपैयाँ ६० पैसाको वस्तु आयात भएकोमा अहिले झन् ब्रिद्दि भै एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँ बराबर भएको तथ्यांकमा उलेख छ । आयातको तुलनामा निर्यातको हिस्सा घट्दा गत आवमा आयातसँगको अनुपात बढेको हो ।

कमेन्ट गर्नुहोस्