लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवाहरुको एकताले देश समृद्ध हुन्छ : माननीय बासुदेव घिमिरे

IMG

तिलोत्तमा, साउन ६ गते २०८०। युवाहरुको एकता र सामाजिक सद्भावले देश बिकासमा टेवा पुग्ने रुपन्देही क्षेत्र नम्बर-५ का साम्सद तथा तिलोत्तमा नगरपालिकाका पुर्व मेयर बासुदेव घिमिरेले बताएका छन्। तिलोत्तमाको ड्राइभरटोलमा भएको रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन कार्यक्रमको अवसरमा बोल्दै नेकापा एमाले नेता घिमिरेले सो कुरा बताएका हुन्। नेता घिमिरेले पछिल्लो समय युवाहरुको भूमिका सामाजिक क्षेत्रमा उल्लेखनिय देखिएको भन्दै समाजमा भएका नकारात्मक कुराहरुलाई हटाउदै समृद्ध नेपालको यात्रामा अग्रसर हुन सबै युवाहरुलाई आग्रह समेत गरे।


रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन कार्यक्रमको सन्दर्भमा बुटवल आएका उनले अध्यक्षमा निर्वाचित हुने इन्जिनियर सुदिप ढकाल सहित सबै टिमलाई आगामी कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना दिएका थिए। क्लबले गरेको बिगतका कामलाइ स्मरण गराउदै तिलोत्तामाले जोगाएको साख र पहिचानलाई जोगाउन यहाँका युवाहरु एकबद्ध हुनुपर्ने बताए । 


सो अवसरमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, रोटरी क्लबका सल्लाहकारहरु, पुर्व अध्यक्ष, पदाधिकारी  लगायतको आमन्त्रित अतिथिहरुको बृहत उपस्थिति रहेको थियो। सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको थियो भने कार्यक्रममा विभिन्न प्रस्तुति समेत देखाइएको थियो। 


कमेन्ट गर्नुहोस्