लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघ नियन्त्रणमा

tillotmacitynews - 2023 Jul 19 07:49 PM
IMG

३ साउन / माडी । गुल्मेली टोल क्षेत्रमा ३ जना मानिसलाई आक्रमण गरी घाइते बनाएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान करिब १०ः३० बजे माडी–३, रेवा टोलस्थित रौतनी खोला किनारबाट नियन्त्रणमा लिइएको हो ।


चितवन राष्ट्रिय निकुञ्ज प्रशासन तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका हात्तीसहितका प्राविधिकहरु एवं निकुञ्ज रक्षक सेना, इलाका प्रहरी कार्यालय माडी, बघौडा उपभोक्ता समिति, सिविएपियु लगायतको सामूहिक प्रयासमा डार्ट गरी बाघ नियन्त्रणमा आएको हो।


मंगलबार दिउँसो मानव बस्तीमा प्रवेश गरेको बाघले माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी , ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझीलाई आक्रमण गरी घाइते बनाएको थियो । घाइतेहरुको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो । त्यस्तै, सो बाघले रामनाथ माझीको बाख्राको खोरमा पसेर एक वटा बाख्रा समेत मारेको थियो ।मंगलबार धोवाहा रतनि स्कुल निर मलाही टोल नजिक रौतेनि खोलाको कासघारीमा निस्केको पाटे बाघ वुढो भई सिकार गर्न नसकेका कारण जंगलबाहिर निक्लिएको डार्ट गर्ने प्राविधिकहरुको भनाई थियो । 

कमेन्ट गर्नुहोस्