लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरण रिटमा भोली पनि सुनुवाइ

IMG

तिलोत्तमा,साउन १ गते २०८०।  ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार पनि सुनुवाइ हुने भएको छ।न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको हो ।


इजलासले सोमबार बहस टुंग्याउन आदेश दिँदै सोमबार नै आदेश जारी गर्ने जनाएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा पक्राउ परेका ४ जनाले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।सचिव कृष्णबहादुर राउत, व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।

कमेन्ट गर्नुहोस्