लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संगठनात्मक रुपमा किन कमजोर बन्यो एमाले ?

IMG

तिलोत्तमा सिटी  / ३१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संगठनात्मक रुपमा कमजोर हुन थालेको निष्कर्ष निकालेको छ ।


एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा भएको उपाध्यक्षहरुसँगको दुईदिने छलफल र त्यसपछि बसेको सचिलावय बैठकमा नेताहरुले पार्टी कमजोर हुन थालेको निष्कर्ष निकालेका हुन् ।


शनिबार साढे पाँच घण्टा बसेको सचिवालय बैठकमा एमालेले पार्टी निरन्तर ओरालो लाग्दै गएको निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष ओलीले पार्टी कमजोर हुँदै जानुको कारण पदाधिकारीसहित नेतृत्व सम्हालेका नेताहरुले काम गर्न नसक्नु रहेको औंल्याएका हुन् । नयाँ पार्टीको उदय हुनुका साथै र एमालेबाट निर्वाचित जनप्रतिनिधिले सन्तोषजनक काम गर्न नसक्दा पार्टी कमजोर बनेको एमालेको निष्कर्ष छ ।


एमालेले सदस्यता नवीकरण अन्तिम चरममा पुर्‍याएको छ । जसमा पार्टी सदस्य घटेको प्रारम्भिक अनुमान छ । सडकदेखि सदनसम्म घट्दो प्रभावले एमाले अत्तालिएको विश्लेषक झलक सुवेदीको आरोप छ ।


गएको मंसिरमा सम्पन्न निर्वानमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको एमाले सुरुवातमा सरकार गठनमा भूमिका खेले पनि दुई महिनामै केन्द्रीय सरकारबाट बाहिरियो । त्यसपछि पालैपालो गण्डकी, लुम्बिनी र कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो । सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमाले अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग दुईदिने बैठक गरे । त्यसलगत्तै शनिबार सचिवालय बैठकको बोलाइएको थियो ।

कमेन्ट गर्नुहोस्