लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं लगियो

IMG

तिलोत्तमा असार २६ गते २०८०। सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका - २ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५को भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना भएको थियो ।


दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकोका नागरिकको मृत्यु भएको थियो।मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन्।दुई वटा हेलिकप्टरबाट ६ वटा शव ल्याइएको हो।अल्टिच्यूड एयरको हेलिकप्टरबाट पहिलोमा चार वटा र दोस्रोमा दुई वटा शव ल्याइएको हो।अहिले शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्