लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिटरव्याजीविरुद्ध कानुन ल्याउन माग गर्दै संसद भवन अगाडि प्रदर्शन

tillotmacitynews - 2023 Jul 10 02:48 PM
IMG

असार २५ / काठमाडौं । मिटरव्याजविरूद्ध कानुन ल्याउन माग गर्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरिएको छ। काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन् ।


प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् । सरकारले मिटरव्याजीलाई कारबाही गर्ने भनेपनि कार्यान्वयनमा नआएको पीडितहरुको आरोप छ । मिटरव्याजविरूद्ध सरकारले अध्यादेश ल्याए पनि संसदको दुवै सदनमा अवरोध हुँदा पारित हुन सकेको छैन।


प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले असार १५ गते  आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ।


कमेन्ट गर्नुहोस्