लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाल समूहबाट जन्मेको नमस्ते नेपालमा युवा सहभागिता बढ्यो,९० जना नयाँ सदस्य थप

IMG

तिलोत्तमा,असार १७ गते २०८०। केहि बर्ष अघि बाल समुहको प्रतिभा प्रस्फुटन र उनीहरुलाई समाजमा स्थापित गराउने उदेश्यले खोलिएको संस्था नमस्ते नेपाल रूपन्देहीमा अहिले युवाहरुको सहभागिता बढेको छ। भर्खरै नमस्ते नेपालमा ९० जना नयाँ सदस्य जोडिएका छन । झण्डै १ साताको निम्ति खुलेको सदस्यता फारम मार्फत जम्मा ९० जना नयाँ सदस्य जोडिएका हुन ।सामाजिक कार्यमा अग्रसर संस्थामा जोडिएका नव आगन्तुक सदस्यहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मनिस भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अर्जुन खरेल, संस्थापक उपाध्यक्ष दिपेन कंडेल, नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री, युवा समाजसेवि भरत जंग क्षेत्रीको उपस्थिति रहेको थियो ।


कार्यक्रममा संस्थाका नव आगन्तुक सदस्यहरूलाई टिका लगाएर स्वागत गरिएको थियो भने संस्थापक अध्यक्ष खरेलद्वारा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष खरेलले नयाँ सदस्यले लगाएका टिका राष्ट्र र समाज प्रतिको जिम्मेवारीको प्रतिक रहेको बताए ।यस्तै, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनिष भुसालले संस्थालाई थप उचाईमा पुराउन छिट्टै देशका सातै ओटा प्रदेशमा शाखा विस्तार गर्ने बताए । १५० जनाको उपस्थितिको अनुमान गरिएको उक्त कार्यक्रमममा वर्षाका कारण १२० जनाको उपस्थिति रहेको थियो ।संस्थाका सचिव सन्दिप पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका प्रवक्ता प्रशान्त ज्ञवालीले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्