लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस रुपन्देही २ क्षेत्रीय सम्मेलन : ब्यानर च्याताच्यात,हात हालाहाल

IMG

तिलोत्तमा,असार १७ गते २०८०।नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन केहिबेर तनावग्रस्त बन्यो । संस्थापन र इतर पक्ष बीचको विवादमा नेविसंघले लफडा गरेको हो । यहाँ दुइपक्षिय रुपमा नेविसंघ बनाइएको छ । २ समानान्तर समिति छन् ।बिबादले उग्ररुप लिएपछि प्रहरी परिचालन गरी साम्य पारिएको हो ।बुटवलको आम्रपालि होटलमा भएको कार्यक्रममा  कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष सन्दीप पाण्डे लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै होहल्ला गरेपछि बिबाद शुरु भएको हो ।संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेको इतर पक्षका विद्यार्थी नेताहरुले बताएका छन् । स्थिती तनावग्रस्त भएपछि प्रहरी परिचालन गरेको थियो।


कमेन्ट गर्नुहोस्