लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नारायणगढ–मुग्लिन सडक मध्यरातदेखि अवरूद्ध,जनता अल्पत्र

tillotmacitynews - 2023 Jul 02 07:23 AM
IMG
तिलोत्तमा सिटी / १७ असार  । तुइन खोला अर्थात मुग्लिन नजिकै फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडक शनिबार रातिदेखि नै अवरूद्ध छ । बिहीबार राति साढे ११ बजेबाट पहिरो खसेर बाटो बन्द भएको जानकारी चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले दिए ।

बिहान पाँच बजेदेखि पहिरो सफा गर्न सुरू भए पनि पहिरो ठूलो भएका कारण बाटो खुल्न केही समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनका अनुसार पहिरो सफा हुन दुई चार घन्टा लाग्न सक्छ ।


मुग्लिनदेखि लगभग दुई किलो मिटर पर इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक गएको बुधबार रातिदेखि नै साना ठूला ढुंगा खस्न सुरू भएको थियो । बिहीबार दिउँसो ठूलै पहिरो खसेपछि लगातार २८ घन्टासम्म बाटो थुनिएको थियो ।


हिजो शनिबार ठूलो पहिरो नआए पनि पटक पटक बाटो रोक्ने गरेर ढुंगा माटो झरेको थियो ।   


कमेन्ट गर्नुहोस्