लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु

IMG

तिलोत्तमा , असार १३ गते २०८०। राष्ट्रपतिबाट प्रमाणीकरण भइ नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै रुपन्देहीमा आइतबारदेखि नागरिकता वितरण सुरु गरिएको छ ।२०६३ मा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि वशंजको आधारमा नागरिकता दिन सुरु गरेको हो ।


आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का तीनजनालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै नागरिकता वितरण कार्यको शुभारम्भ गरेका थिए ।जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।नागरिकता पाउँनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का गनेश धोवी, सिद्धार्थनगर–४ कै साबिर अली तेली र सिद्धार्थनगर–४ कै दीपक धवल रहेका थिए ।

कमेन्ट गर्नुहोस्