लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दलितप्रतिको दृष्टिकोण अझै परिबर्तन भएको छैन,समाजमा रुपान्तरण आवश्यक छ:सरोकारवाला

IMG

तिलोत्तमा , असार १२ गते २०८०।तिलोत्तमाका दलित समुदायका अगुवाहरुले स्थानिय तहको बजेटमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन। समाजमा दलित प्रतिको दृष्टिकोण अझै परिबर्तन नभएको भन्दै समतामुलक समाज निर्माणमा सबै समुदाय मिलेर लाग्नुपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन्। स्थानिय सरकारले भौतिक बिकास र निर्माणमा करोडौं रुपैयाँ छुट्याए पनि समाजमा दलित उत्थानका लागि बजेटमा खासै व्यवस्था नभएको बताएका छन्। अहिले स्थानिय तहका सबै वार्डमा दलित समुदायका प्रतिनिधी रहेका छन् तथापि उनीहरुले बनाएका योजना र बजेटलाई खासै ध्यान नदिएको स्थानीयको भनाई छ। तिलोत्तमा नगरपालिका भित्रका जनप्रतिनिधी र सरोकारवालाहरु बीच दलित उत्थान बिकास रणनिति योजना निर्माणक लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिका बीच कार्यक्रममा सहभागी दलित समुदायका अगुवाहरुले सो कुरा बताएका हुन्।


तिलोत्तमामा अन्य समुदाय जस्तै दलित समुदायको पनि बाहुल्यता रहेको छ, पेशागत हिसाबले पुर्ख्यौली पेशा र आधुनिक पेश समेत अपनाएका तर उनीहरूको उत्थानमा खासै ध्यान जान सकेको छैन,” दलितहरूको पहुँच सरकारसम्म नभएकाले बजेटमा दलित समुदायसँग सम्बन्धित कार्यक्रम नअटेको दलीत् समुदायका पुर्व प्रतिनिधि समेत रहेका एच बि रम्तेलको बुझाइ छ।"त्यसो त सो कुरालाई चिर्दै दलित समुदायको प्रतिनिधित्व र बिकासका कार्यमा दलित सहभागिता उल्लासमय रहेको नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीको भनाई छ। श्रीका अनुसार समाज परिबर्तनको बाटोमा रहेको र बिस्तारै सामाजिक रुपान्तरणबाट दलित समुदायको उत्थानमा समुदाय आफै लाग्नु पर्ने बताउनुभयो।  दलित दलित बीच अन्तरघुलन हुन नसक्नु पनि समस्या भएकोले आफैमा एउटा सामाजिक भूमिका खेलेर समाज र देश निर्माणमा जुट्नु पर्ने श्रीको भनाई छ।


सो अवसरमा बोल्दै कार्यपालिका सदस्य लक्ष्मी घिलेले आफुले चाहेको बजेट ल्याउन गाह्रो रहेको र आगामी दिनमा सबैको साथले त्यसमा जोड दिने समेत बताउनुभयो। नगरपालिकाका अर्का कार्यपालिका सदस्य रवी सेन्चुरीले दलित उत्थानका लागि नगरपालिकाको तर्फबाट सक्दो प्रयास गरि अगाडी बढिने बताउनुभयो।  उहाँले दलित उत्थानका लागि प्रमुखत: शैक्षिक सफलता हासिल गर्ने र व्यवसायिक लक्ष्य प्राप्तिमा दृढ भएर समुदाय लाग्नुपर्ने बताउनुभयो। त्यसो त समानता र समता मुलक समाज निर्माण गर्न सबै समुदायको उत्तिकै साथ रहनुपर्ने भन्दै सेन्चुरीले गैर दलित समुदायले समेत दलित समुदायको उत्थानका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो। नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको संचालन सामाजिक बिकास शाखाकी बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले गर्नुभएको थियो।

  

कमेन्ट गर्नुहोस्